
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आगामी चुनावमा कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन्।
शनिबार नेपाल दलित संघले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले चुनावका बिषयमा निकै भरपर्दो माध्ययमबाट अध्ययन गरिएअनुसार सत्ता गठबन्धनले १३१ सिट जित्ने दाबी गरेका हुन्। उनले २३ क्षेत्रमा पनि प्रतिस्पर्धामा गठबन्धन भएकाले केही मेहनत गरे जितिने जिकिर समेत गरे ।
गृहमन्त्री खाँणले एमाले नेतृत्वको अर्को गठबन्धन २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि रहेको उनले दाबी गरे।
रुपन्देही ३ का उम्मेदवारसमेत रहेका खाँणले एमाले अग्रगामी पार्टी भए पनि पश्चगमनको साथ लाग्दा उसलाई घाटा भएको खाँणको भनाई छ। गृहमन्त्री खाँणले चुनावपछि गठबन्धनको सरकार ५ वर्षसम्म टिक्ने र अबको विकास मानवीय र सामाजिक विकासमा केन्द्रित हुने पनि बताए ।















