चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदा दुई / तीनवटा चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन रहने बताएका छन् ।
आज चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले धेरै दुख र मिहिनेतपछि महान लक्ष्य लिएर वाम-लोकतान्त्रिक गठबन्धन बनेकोले आउँदा दुई/ तीनवटा चुनावसम्म गठबन्धन रहने बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई खेलौना ठानेर मिच्न खोजेकाले संविधान बचाउन गठबन्धन आवश्यकता भएको देउवाको भनाई थियो ।
विभिन्न आन्दोलनमार्फत लडाइँ गरेर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता आएकाले यसको रक्षा गर्नु आफुहरुको मुख्य दायित्य भएकाले गठबन्धन लामो समयसम्म जाने देउवाले बताए।
सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका गठबन्धनका नेताहरु सहभागी थिए । प्रतिनिधि सभातर्फ ३ र प्रदेशतर्फ ६ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन शिर्ष नेताहरुले सबैमा आग्रह गरेका छन् ।