पार्टीविरोधी गतिविधिमा संलग्न भन्दै काँग्रेसद्धारा ५ जना निष्काशन


काठमाडौ । नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ रहेको भन्दै जनालाई निष्काशन गरेको छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले छानविन गर्दै महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो ।

त्यस्तै बारा जिल्ला समिति सदस्य रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले बताए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार