जनताको समृद्धिको चाहाना गठबन्धनले पुरा गर्छ– मन्त्री श्रेष्ठ


काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको तिर्व चाहानालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने बताएका छन् । काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई संवोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका

मन्त्री श्रेष्ठले ब्यवस्था बदलिएपछि जनतामा विकास र समृद्धिको तिर्व चाहना भएकाले त्यसलाई पुरा गर्ने लक्ष्यका साथ गठबन्धन अघि बढेको बताएका हुन् । उनले गठबन्धन कुनै ब्यक्तिगत स्वार्थका लागि नभई संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि भएकाले जनता गठबन्धनको पक्षमा रहेको समेत बताए ।

मन्त्री श्रेष्ठले देशमा प्रतिगमनको खतरा रहेसम्म सत्ता गठबन्धन रहिरहने र मंसिर ४ गतेको चुनाव प्रतिगमन र अग्रगमनबीच महासंग्राम हुने बताए। उनले सत्ता गठबन्धनलाई जनताको ठुलो साथ रहेकाले वहुमतले विजयी हुने दावी पनि गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा संविधान मिचेर दुई दुई पटक जनताको थलो संसदलाई विघटन गरेर प्रतिगमन सुरु गरेकाले उनिहरुलाई जनतासंग भोट माग्ने कुनै नैतिक अधिकार नरहेको बताए ।

उनले ओलीले अहिले पनि राजावादी, विखण्डनकारीहरुसंग चुनावी तालमेल गरेकाले देशमा अझै प्रतिगमनको खतरा रहेकाले जनता सचेत हुनुपर्ने बताए । मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता समेत गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार