
काठमाडौं । निर्वाचनको मुखैमा काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला परेको छ ।
आज बिहान काठमाडौको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।
बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको प्रहरीको भनाई छ ।












