
काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य लिएको छ । आयोगले जनाएअनुसार प्रत्यक्षतर्फको मत परिणाम ३ दिनभित्र र समानुपातिक तर्फको परिणाम ५ दिनभित्र सार्वजनिक गरि सकिने छ।
सबै मतपेटिका संकलन भए लगत्तै मतगणना सुरु हुने र तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।










