
बाजुरा । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का संजिव अएडी रहेका छन ।
आज साँझ जिल्लाको नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउदा अएडीको मृत्यु भएको जनाएको छ । झडपमा त्रिवेणी नगरपालिका–७ बस्ने ३८ वर्षीय स्वयंसेवक पर्शुराम उपाध्याय, नेपाली कांग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्कबहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् ।
घाइतेको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
झडप गर्नेहरूमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता भएको पाइएको छ । झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन् । इन्सास राइफल अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको र प्रहरीले बल प्रयोग गर्दा सन्दीप ऐडीको मृत्यु भएको बताइएको छ ।










