काठमाडौं महानगरका यी ठाउँमा हुँदैछ मतगणना

काठमाडौं । काठमाडौंमा महानगरपालिकामा आजै मतगणना हुँदै छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो ।

मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको र सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौं क्षेत्र नं १ को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा मतगणना हुँदैछ ।

त्यस्तै क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हलमा, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेजमा, र काठमाडौं क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा गरी १० ठाउँमा मतगणना हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार