कैलालीमा ढकियाले खाता खोल्यो, सत्ता गठबन्धन र एमाले हराउँदै गंगाराम चौधरी विजयी


कैलाली । ढकिया चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको नागरिक उन्मुक्ती पार्टीले कैलालीबाट विजयीको खाता खोलेको छ । उक्त पार्टीका कैलाली क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगाराम चौधरी सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् ।

उनले २३ हजार १२० मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए।

यस्तै, एमालेका पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत मात्रै पाए । त्यस्तै राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरे। त्यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो । कैलाली नागरिक उन्मुक्ती उन्मुक्ती पार्टीले बलिया मानिएका पुराना पार्टीलाई धक्का दिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार