
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उनिहरुबीच अहिलेकै सत्तारुढ गठबन्धनलाई निन्तरता दिने र सरकार गठन गर्ने विषयमा छलफल भएको बताइएको छ ।
बालुवाटारमा भएको छलफलमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताएका छन् । उनकाअनुसार केहि दिनभित्रै गठबन्धनका अन्य दलहरुको संयुक्त बैठक बस्ने समेत निर्णय भएको छ ।
अहिलेसम्मको नतिजा अनुसार गठबन्धनमा रहेका काँग्रेसले प्रतिनिधिसभामा ५१, माओवादी केन्द्रले १६, एकिकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र जनमोर्चाले १ सीट जितेका छन् ।











