काठमाडौं महानगरका मेयर बालेनको विरोधमा उत्रिए थापाथलीका सुकुमबासी


काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बस्ने सुकुमबासीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । महानगरपालिकाले सोमबार सुकुमबासी बस्तीबाट बलपूर्वक हटाउन लागेको भन्दै आज विरोध प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाले सोमवार सुकुमबासी वस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र आज पनि तनावग्रस्त बनेको छ । अहिले धेरै संख्यामा सुकुमबासीहरु जम्मा भएर महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुमबासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।

‘भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध वृहत् खबरदारी र्‍याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टि बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुमबासी संवद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा विरोध प्रदर्शन भएको थियो ।
हिजो महानगरपालिकाको कदमप्रति सुकुमबासीहरूले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरू घाइतेसमेत भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार