
चितवन। भरतपुर महानगरपालिकाले पनि मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो ।\
महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनेका घर संरचना, नक्सा पास बिना अन्य प्रयोजनका लागि बनेका पसल, गोदाम, ट्रस, टहराहरु स्वीकृत नलिई बनेका ट्रस, पाली, टहरा, सडकबाट फुटपाथमा उक्लिन अवरुद्ध हुने गरी बनेका ढलाई लगायतका संरचना भत्काउने जनाएको छ ।
नक्सा पासमा बेसमेट पाकिङ स्वीकृत गरी अन्य प्रयोजन जस्तैं पसल, गोदाम, रेष्टुरेष्टमा प्रयोग भैरहेका बेसमेन्टहरू सोही प्रयोजनका लागि प्रयोगमा ल्याउन महानगरले सूचना जारी गरेर अनुरोध गरेको छ ।
महानगरले तोकिएको समय भित्र ति संरचनाहरु आफैले नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम महानगर आफैंले हटाउने र लागेको खर्च सम्वन्धित व्यक्तिरसंस्थाबाट असुल उपर गर्ने महानगरले जनाएको छ ।
महानगरपालिकाले जारी गरेको सुचना,











