सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भएका छन् ।
तीव्र विवादका बीच केहिबेर अघि सम्पन्न मतगणनामा कार्कीले नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित गरेका हुन् ।
कार्कीले ३० हजार ४८३ मत पाएका छन । निर्वाचन आयोगले अन्तिम नजिता घोषणा गर्ने तयारी गरेको छ । विवादका कारण उक्त क्षेत्रमा तीन दिनसम्म मतगणना हुन सकेको थिएन् ।