भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देश विकास हुन्छ– नेता पौडेल


काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सकेमा देशको तिर्व विकास हुने बताएका छन् ।
तनहुँबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा बोल्दै भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सके मात्रै तिर्व देश विकास हुने बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको समेत बताए । अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने उनको भनाई थियो । नेता पौडेलले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताए ।

‘कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पुर्याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ’, उनले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार