
दोलखा । रोचक मत परिणामकाबीच दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ५१८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
कार्कीले ३६ हजार ९९५ मत पाए भने एमालेका शिवाकोटीले ३६ हजार ४७७ मत पाए ।
मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।








