आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै पत्रकार रामकुमार एलनमाथि सांघातिक आक्रमण


काठमाडौ । आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै पत्रकार रामकुमार एलनमाथि सांघातिक आक्रमण भएको छ ।
गएराती राति ९ः५० बजे हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा पत्रकार एलन घाइते भएको छन् । उनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ।

समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव तथा सक्रिय युवा पत्रकार एलनमाथि आक्रमण गर्नेहरुको पहिचान गरी कडा भन्दा कारवाही गरिनुपर्ने समाजवादी प्रेस संगठन नेपालले माग गरेको छ ।

आज घटनाबारे जानकारी दिदै समाजवादी प्रेस संगठन नेपालले जारि गरेको विज्ञप्तिमा आफूलाई नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०–२२ जनाको जत्थाले पत्रत्रकार एलनमाथि आक्रमण गरेको उल्लेख गरेको छ ।

जारि विज्ञप्तिअनुसार पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । आक्रमणबाट महासचिव मगर सामान्य घाइते भएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल उक्त घटनाको घोर भत्र्सना गर्दछ । उक्त घटनासँग सम्बन्धित र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकारसमेतको पहिचान गरी कडा भन्दा कडा कानुनी कारवाहीको माग गरेको छ ।

जारि विज्ञप्ति पनि पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार