स्वतन्त्र निर्वाचित मनाङे भन्छन्: एक्लै नभई संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ, त्यही भएर एकीकृत समाजवादी रोजे


काठमाडौ । मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्रत्र रुपमा उम्मेदवारी दिई निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) ले निःसर्त गरिने जनसेवाका लागि एक्लै नभई संगठन वा पार्टीमा बसेर जानुपर्ने बताएका छन् । आज नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गर्दै गुरुङले निःसर्त गरिने जनसेवाका लागि एक्लै नभई संगठन वा पार्टीमा बसेर जानुपर्ने बताएका हुन् ।

प्रदेश सदस्य मनाङेले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, निःसर्त गरिने जनसेवाका लागि एक्लै होइन, ‘संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ । त्यही भएर म नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेँ ।’

समाजवादीको पार्टी कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले खादा र अवीर लगाएर पार्टीमा औपचारिक रुपमा प्रवेश गराएका थिए ।

कार्यक्रममा संचारकर्मीहरुको प्रश्नको जवाफ दिदैं सदस्य मनाङले अब एकीकृत समाजवादी पार्टी छाडेको खण्डमा राजनीति नै नगर्ने समेत घोषणा गरेका छन् ।

उनले यसअघि काँग्रेस, राप्रपा, तात्कालिन नेकपामा रहेर राजनीति गरेका थिए । संचारकर्मीहरुका प्रश्नमा अब बन्ने सरकार पनि गठबन्धनकै हुने मनाङेले दावी समेत गरेका छन् ।

मनाङेद्धारा जारि विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार