
हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चिल (चरा) ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।जिल्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।
दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको तारा एयरले जनाएको छ । विमानस्थल पुग्नु ४/५ मिनेट बाँकी रहँदा जहाजसँग चिल ठोक्किएको थियो । चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको जिल्ला प्रकासन कार्यालय हुम्लाले जनाएको छ। जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल सकुशल अवतरण गरेका छन् ।










