सिके राउतको पार्टी सत्ता गठबन्धन सरकारमा जाने निर्णय,समानुपातिक सांसद पनि टुङग्यायो


काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सत्ता गठबन्धन सरकारमा जाने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई स्विकार गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको हो।

योसंगै जनमत पार्टीले समानुपातिक सांसदको पनि टुँगो लगाएको छ । जनमत पार्टीले समानुपातिकमा पाएको ३ लाख ९४ हजार ६५५ मतअनुसार पाएको पाँच समानुपातिक सांसद छानेको हो । बैठकले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई समानसपातिक सांसद छनौट गर्ने निर्णय गरेको हो ।

छनौट भएका नामहरुलाई जनमत पार्टीले अब निर्वाचन आयोगमा पठाउने जनाएको छ। आयोगले समानुपातिक सांसदको सूची पठाउन दलहरुलाई मंसिर २४ गतेसम्म समय दिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जनमत पार्टीका अध्यक्ष सिके राउतले मात्रै चुनाव जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार