
काठमाडौ । सत्ता गठबन्धन रहेको दल नेकपा एकीकृत समाजवादीले पार्टीले प्रदेशमा आफ्ना सांसदहरु छानेको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले प्रदेशमा पाएको मतअनुसार आफ्ना ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको हो ।
छानिएका ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको समाजवादीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। खतिवडाले दिएको जानकारी अनुसार छानिएकमा ९ जनामध्ये प्रदेश १ बाट विद्या चाम्लिङ, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट भएका छन्।
वागमती प्रदेशबाट आदिवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ, खस आर्यबाट मायादेवी शर्मा छनोट भएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्त छनोट भएक छन् ।
प्रतिनिधिसभामा ए. समाजवादीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेकोपछि समानुपातिक सांसद सिट पाएन् । प्रतिनिधिसभा सदस्यमा भने १० जना निर्वाचित भएका छन् ।













