
काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको समानुपातिक तर्फ १४ जना सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।
आज बसेको माओवादीको बैठकले समानुपातिक मतअनुसार पाएको १४ सांसदमध्ये १२ महिला र २ जना पुरुष छानेर सूची आयोगमा पठाएको हो ।
समानुपातिक छानिएका सांसदहरुको सूचीः
दलित महिलातर्फ-
११) सुशीला श्रीपाली ठकुरी
दलित पुरुषतर्फ-
१०) रणेन्द्र बराइली
मुस्लिम महिलातर्फ-
१४) कल्पना मियाँ
थारु महिलातर्फ-
९) रुपा सोसी चौधरी
मधेशी महिलातर्फ-
१२) मीना यादव
१३) उमरावती देवी यादव
आदिवासी महिलातर्फ-
१) दुर्गा राई
२) मीना तामाङ
३) उर्मिला माझी पौडेल
४) छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुषतर्फ-
५) हितराज पाण्डे
खस आर्य महिलातर्फ-
६) ज्ञानु बस्नेत सुवेदी
७) विमला सुवेदी
८) नारायणी शर्मा










