‘मुलुक कायापलट गर्न तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्छ’


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले समग्र मुलुकको कायापलट गर्न तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष नेपालले कसैलाई दोष नदिई आ आफ्ना कमिकमजोरी हटाएर अघि बढन उनले सुझाव पनि दिए । अध्यष नेपालले संघ, प्रदेश र स्थानिय तहका सरकारहरु सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने उनको भनाई छ।

उनले स्थानिय तहका सबै समस्याको अन्त्य भई विकासमा फड्को मार्नुपने । अध्यक्ष नेपालले सबै पालिकाहरु महिला हिंसारहित, जातीय विभेद तथा छुवाछूत रहित बनाएर राम्रो उदाहरण बन्न सक्नुपर्ने बताए ।

अध्यक्ष नेपालले संविधान दिएका अधिकारहरु स्थानिय तहमा रहेका जनताले उपयोग गर्न पाउने गरी स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले लाग्नेमा आफु विश्वास समेत रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार