काभ्रे बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, २१ घाइतेमध्ये केहिको अवस्था गम्भीर


काभ्रे । काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्युहुनेको संख्या १८ पुगेको छ । जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजेतीर बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बा ३ ख ४३८५ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २१ जना घाइते भएका छन्।

काभ्रे प्रहरीकाअनुसार मृतकमध्ये १३ जनाको दुर्घटनास्थलमै र अन्य ५ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बसमा ३९ जना यात्रु थिए ।

घाइते सबैलाई उपचारकालागि बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले बताए । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रत्यक्षदर्शीकाअनुसार बस तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । तिर्ब गतिका कारण अनियन्त्रित भई बस मोडको भित्तामा ठोक्किएर सडकबाट तल खसेर दुर्घटना ग्रस्त भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार