सागर ढकालको चुनाव खर्च साढे ८ लाख, सहयोग उठेको थियो १७ लाख


काठमाडौ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा ढकाल डडेल्धुरामा काँग्रेस सभापति शेरबहादुर देउवासंग चुनाव लडेका थिए ।

उनले आज आयोगलाई बुझाएको खर्च विवरणअनुसार चुनावमा उनको जम्मा ८ लाख ६७ हजार ९७८ खर्च भएको छ । खर्च विवरणमा उनले भाडा, सम्पर्क कार्यालय, होटल, खाना, नास्ता, इन्टरनेत, स्टेशनरी, यातायात लगायतमा खर्च भएको सूचीमा उल्लेख गरेका छन् ।

उनले आफुलाई चुनावमा जनताबाट १ /२ रुपैयादेखि हजार पाँच सय रुपैंया गरि आर्थिक सहयोग भएको पनि बताएका छन् । ढकाललाई चुनावमा देश विदेशबाट १ हजार ६४१ जनाले रू १ देखि रू १० हजार भन्दा बढीसम्म सहयोग गर्दा १७ लाख ३८ हजार बढी आर्थिक सहयोग संकलन भएको थियो ।

सहयोगबाट बाँकी बचेको रकम डडेल्धुराको सार्वजनिक क्षेत्रमा सहयोग गर्ने समेत उनले बताएका छन् । ढकाल सभापति देउवासंग पराजित भएक थिए ।

भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार