एकनाथ ढकालबारे आयोगले भन्योः एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्नु नैतिकताको कुरा हो

(तस्बिरः एमाले अध्यक्ष केपी ओलीसंगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल)

काठमाडौं । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ । बुधबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी प्रष्टता नभएको बताएका हुन । त्यसरी सांसद हुने ब्यक्तिबारे प्रष्ट कानुन नभएपनि उक्त विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने आयुक्त थपलियाको भनाई थियो ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिदै आयुक्त थपलियाले एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने भन्ने विषयमा हाललाई कानुनी प्रष्टता नभए पनि यो विषयबारे आगामी दिनका छलफल हुनुपर्ने समेत बताए ।

हालै सम्पन्न निर्वाचनमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेबाट समानुपातिकमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । जसबारे स्वयम एमालेभित्र असन्तुष्टी पैदा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार