अध्यागनम विभागबाट चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइदै


काठमाडौं । चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने भएको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अध्यागमन विभागबाट आजै साँझ फ्रान्स डिपोर्ट गरिदै छन् ।

उनी अहिले अध्यागमन विभागमा छन् । शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । सिमल ट्राभन्सबाट उनको टिकट काटिएको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । तर, उनले भने आफु भक्तपुर घटनामा संलग्न नरहेको बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार