माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनकाअनुसार नेता श्रेष्ठले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन् ।

श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि अहिले नै टुंगे लागि नसकेको प्रवक्ता महराले बताए ।
मन्त्रालय बाँठफाँडका बिषयमा अहिले ११ बजेपछि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा निर्णय हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार