सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार- गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । आज बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठको निर्णयअनुसार सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने उनले बताएका हुन् ।

सरकारको न्यूनतम् साझा कार्यक्रम तय भएपछि धेरै कुराको तय हुने भएकाले प्याकेजमा सहमति गर्दा मन्त्रिमण्डल विस्तार पनि विश्वासको मत पाएपछि मात्रै हुनसक्ने गृहमन्त्री लामिछानेको भनाई छ । साथै मन्त्रिमण्डल विस्तार गर्दा पनि क्षमताका आधारमा मात्रै गर्न दलहरु सहमत भएको उनले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार