गृहमन्त्री लामिछानेको एकपछि अर्को निर्णयले तहल्का पिट्दैः सुरक्षा अधिकारीहरुले गृहमन्त्रालयको स्वीकृतिबिना नेता र राजदूत भेट्न नपाउने


काठमाडौँ । प्रचण्ड सरकारको गृहमन्त्रालय रास्वपाका सभापति रवि लामिछाने सम्हालेपछि तरंग नै छाएको छ । लामिछानेले पदभार ग्रहण गरे लगत्तै उनले पहिलो निर्णयमा कंचनपुरकी निर्मला पन्त बलात्कार हत्याकाण्डको न्यायिक छानविन गर्ने बताएका थिए । उनको पहिलो निर्णयले नै चर्चा पाइरहेको छ । गृहमन्त्री लामिछानेले त्यसपछि हिजो मात्रै विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका थिए। यो निर्णयले पनि चर्चा पाइरहेको छ ।

त्यसैगरी लामिछानेले आज मात्रै सुरक्षा निकायका पदाधिकारीलाई गृहमन्त्रालयको स्वीकृतिबिना राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिएको छन्।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलद्धारा जारि विज्ञाप्तिमा सुरक्षा निकायका पदाधिकारीलाई गृहमन्त्रालयको स्वीकृतिबिना राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिइएको उल्लेख छ । साथै निर्देशनविपरीत कार्य गरे / गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने समेत विज्ञप्तिमार्फत जनाएका छ।

‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशनविपरीत कार्य गरे/ गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, जारि विज्ञप्तिमा उल्लेख ।

जारि विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार