घुस लिएको आरोपमा डीएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले गर्यो निलम्बन


काठमाडौं। घुस लिएको आरोपमा डीएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले निलम्बन गरेको हो ।

डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयको गृह मन्त्रालयमा सिफारिस गरेको थियो । प्रहरीकाअनुसार डिएसपी केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दा प्रहरीले उनको घरबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद गरेको थियो । सामान बरामदपछि सिआइबीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार