स्वदेश फर्किदा ल्याएका फोन र ल्यापटपमा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटीको माग


काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले विदेशबाट नेपाल फर्किदा फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।

विदेशबाट घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न कमिटीले सरकारसंग आग्रह गरेको हो । मञ्चका अध्यक्ष सञ्जय थापाले सरकारको उक्त निर्णय अव्यवहारिकका साथै प्रवासी नेपालीको हितमा नभएकाले तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

‘विदेशमा वर्षौँसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीमाथिको निर्मम शोषण हो”, विज्ञप्तिमा भनिएको छ, “लाखौँ प्रवासी नेपालीको विप्रेषणले देशको मुख्य अर्थतन्त्र धानेको विषय सरकारलाई अवगत नै छ’, विज्ञप्तिमा उल्लेखमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार