‘कांग्रेस कार्यकर्ता निराश हुनुपर्दैन, सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौ’


काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज १०औँ साधारणसभामा बोल्दै नेता पौडेलले काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले काँग्रेस सत्तामा नहुँदैमा निराश नहुन कार्यकर्ताहरुलाई आग्रह पनि गरे । अहिलेको जस्तो अवस्था काँग्रेसले विगतमा पनि सामना गरेर आएको पौडेलले उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतक नेतहरुले कांग्रेसले प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्दै जनताको मन जित्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार