सरकारमा सहभागी हुने बिषयमा एकीकृत समाजवादीले बोलायो पोलिट्ब्यूरो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले थप छलफलका लागि भोली पोलिट्ब्यूरो बैठक बोलाएको हो । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारीअनुसार पार्टी सरकारमा जाने वा नजाने लगायतका बिषयमा छलफल गर्न भोली विहान ११ बजे पार्टी कार्यालयमा पोलिट्ब्यूरो बैठक ठाकिएको छ ।

दुईदिनसम्म चलेको स्थायी कमिटी बैठकमा नेताहरुले पार्टीलाई थप विस्तार, सुदृढिकरण गर्नुपर्ने लगायत सरकारमा सहभागी हुने नहुने बिषयमा गहन छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

चुनाव पुर्व बनेको काँग्रस नेतृत्वको गठबन्धन टुटेको बिषयमा समेत बैठकमा समिक्षा भएको उनल बताए । एकीकृत समाजवादीमा सरकारमा सहभागी हुँदै पार्टीलाई थप विस्तार र सुदृढिकरण गर्दै जानुपर्ने मत ठुलो देखिन्छ । यद्यपी यि सवालहरुबारे पार्टीको पोलिट्ब्यूरो बैठक सम्पन्न भएपछि मात्रै निर्णय हुने नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार