
काठमाडौँ । नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई ज्ञापन गरेको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई ज्ञापन गरेको हो। महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी बधाई दिएको हो ।
भेटमा अध्यक्ष पोखरेलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । भेटमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरूको पेसागत सुरक्षा र हकहितप्रति संवेदनशील रहेको बताए ।
पत्रकार महासंघ सधै लोकतन्त्र र परिर्बतनका पक्षमा रहेर निष्पक्ष भुमिका निभाउँदै आएकाले महासंघसंग आफु सहकार्य गरेर नै अघि बढ्ने उनले बताए । महासंगको टोलीसंग उनले आफू मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित यसपटक प्रधानमन्त्रीको जिम्मेवारीमा आएको समेत बताए ।















