
काठमाडौं । सूचना निकालेर अनिश्चितकालका लागि सेवा बन्द गरेको राहदानी विभागले सेवा सुचारु गरेको जनाएको छ ।
प्राविधिक समस्या आएको भन्दै विभागले पुस १७ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द गरेको जनाएको थियो । विभागले आज एक सूचना जारी गर्दै राहदानी वितरणमा आएको समस्या समाधान भएको जनाएको हो । विभागले आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न समेत सूचनामार्फत जानकारी दिएको छ ।
विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने प्रकृया सुरु भएको समेत बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारका सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने, सास्ती र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए । त्यसको केहि दिनमै विभागले सर्भरमा समस्या आएको भन्दै अनिश्चितकालका लागि राहदानी वितरण लगायतका सेवा बन्द गरेको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालय र सचिवालयको टोलीले विभागको अनुगमन गरेको थियो ।
जारि सूचना











