
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लागि अन्य दलसंग पनि विश्वासको मत माग्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो । रास्वपा पनि सरकारमा रहेकाले प्रचण्डलाई विश्वासको मत माग्ने निर्णय भएको रास्वपा सांसद सन्तोष परियारले बताए । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् ।
भिडियो पनि हेरौं










