सत्ता गठबन्धनले टुंग्यायो प्रदेश सरकार गठनको बाँडफाँट, कुन प्रदेशमा कुन पार्टीको सरकार ?


काठमाडौँ । सत्ता गठबन्धनले प्रदेश सरकार गठनको बाँडफाँड टुंग्याएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएको हो ।

बैठकमा गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार, बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो गर्ने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बताइएको छ । प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार