
काठमाडौँ । निर्वाचनमा नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने कृुरा अब अन्तिम चरणमा पुगेको छ । एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनको पार्टी प्रवेश गर्ने कुरा अन्तिम चरणमा पुगेको हो ।
उनले राखेको मागमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएको छ । पार्टी प्रवेश पछि भुसाललाई एकीकृत समाजवादी पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी समेत भइसकेकाे एक नेताले जानकारी दिएका छन् ।
मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले वामपन्थीहरुबीच एकता र सहकार्यका लागि वार्ता समिति नै गठन गरेर विभिन्न पार्टी र व्यक्तिहरूसँग छलफल चलाइरहेको छ ।
भुसालले वामपन्थीहरुबीच एकताको विषयलाई मुख्य रुपमा उठाएका छन् ।
घनश्याम भुसाललाई नेकपा एसले पठाएको पत्र यस्तो छ
कमरेड घनश्याम भुसाल
तपाइँले हाम्रो पार्टीको ‘वाम एकता वार्ता समिति’लाई सम्बोधन गरेर ‘नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रूपमा प्रस्तुत गर्नु भएका प्रस्तावहरू अध्ययन गरियो र केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल गरियो । तपाईंले प्रस्तुत गर्नु भएका प्रस्तावहरू पार्टीले अहिले अंगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् ।
इतिहासमा भएका सबै उपलब्धी र कमजोरीहरू हाम्रा साझा विरासत हुन्, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० दुबै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के तर नेकपा ९एकिकृत समाजवादी० सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै विन्दुमा रहेको छ र ‘कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा ९एकीकृत समाजवादी ० मा कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन“ भन्ने तपाईंको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दो छ ।
नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा ९एमाले० को नवौं महाधिवेशनको निर्णयप्रति नेकपा ९एकीकृत समाजवादी० अहिले पनि प्रतिवद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो । समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौं, त्यसमा नेकपा ९एकीकृत समाजवादी० आज पनि प्रतिबद्ध छ ।
पार्टी निर्माण सम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाइँ अब छिटोभन्दा छिटो नेकपा ९एकीकृत समाजवादी० मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।
यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अँगालेर अगाडि वढ्नु पर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिष्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अँगालेको यही नेकपा ९एकीकृत समाजवादी०मा एकतावद्ध गर्ने कार्यमा हामी सबै सकृयतापूर्वक लागौं भन्ने पनि अनुरोध छ ।
डा. वेदुराम भुसाल
महासचिव एवं वाम एकता वार्ता समिती संयोजक,
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२७ पौष २०७९










