प्रधानमन्त्री प्रचण्ड र जर्मनका राजदूत थ‍ोमसबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रिन्स बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुग्नु भएको थियो ।

भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जानकारी गराएका थिए । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको भन्दै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले नेपालको असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने भन्दै यसलाई आफूले प्रो-नेपाल पोलिसीको नाम दिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताए ।

भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गर्नुभएकोमा प्रधानमन्त्रीलाई बधाइ दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार