
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि मन्त्रालय भागबन्डामा मिलाउन अहिले सत्ता गठबन्धनका नेताहरु सिंहदरबारमा बैठक बसी रहेका छन्। सत्ता गठबन्धनमा रहेका दलहरुमा कसलाई कति वटा मन्त्रालय दिने भन्ने बिषयमा सहमती भएको छैन्। तर, बुधबार र बिहीबार बालकोट र बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा त्यसबारे सहमति भएको बताइएको छ। सोहि सहमतीलाई आजको बैठकमा राखेर अन्तिम टुंगो लगाइने बलुवाटार स्रोतले जनाएको छ ।
गत पुस ११ गते प्रधानमन्त्री प्रचण्डले गठन गरेको ८ सदस्यीय मन्त्रिमण्डलमा एमालेले उपप्रधानसहित चार मन्त्री, माओवादीले प्रधानमन्त्री र एक उपप्रधानमन्त्री, रास्वपाले उपप्रधानमन्त्री र जनमतले एक मन्त्रीको शपथ गराएको थियो । अब बाँकी १७ वटा मन्त्रालयमा सत्ता गठबन्धनले भागबन्डा मिलाएर मन्त्रिपरिषद् विस्तार हुनेछ ।












