राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जाँदै


काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन्। उनि उपप्रधानमन्त्रीसहित सरकारमा जान लागेको बताइएको छ।
१४ जना सांसद रहेको राप्रपालाई गठबन्धनले तीन मन्त्रालय दिने बताए पनि लिङ्देनले चार मन्त्रालय दावी गरिरहेका छन् । अध्यक्ष लिङ्देनले आफुलाई उर्जा मन्त्रालय दावी गरेको समेत बताइएको छ ।

राप्रपाबाट लिङ्देनबाहेक अरु को–को मन्त्री बन्ने भन्नेबारेमा भने स्पष्ट भइसकेको छैन । राप्रपामा मन्त्रीका आकाङ्क्षीहरू धेरै भएकाले मन्त्री छान्न सकश छ । सुरुमा सरकारमा नजाने बताएको राप्रपाले अन्तिममा सरकारमा सहभागी हुँदैछ । राप्रपाबाट पाका सांसदहरुले मन्त्रीमा दावी गरिरहेका बेला युवा सांसदहरु ओझेलमा पर्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार