उद्धार कार्य प्रभावित हुनसक्ने भन्दै प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, बालुवाटारबाट फर्कियो हेलिकोप्टर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पोखरा जाने कार्यक्रम स्थगित भएको छ । पोखरामा आज बिहान भएको विमान दुर्घटना स्थलको अवलोकन गर्न त्यसतर्फ जान लागेका प्रधानमन्त्री प्रचण्डले अन्तिममा आएर कार्यक्रम स्थगित गरेका छन् । प्रचण्डले आफूहरु दुर्घटनास्थल जाँदा उद्दारकार्य प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।

प्रधानमन्त्री, मन्त्रीहरु दुर्घटनास्थल गइसकेपछि त्यहाँ भीडभाड हुने र त्यसले उारमा खटिएका सुरक्षाकर्मीहरुलाई व्यवस्थापन गर्न समस्या उत्पन्न हुन सक्ने भएकाले नजाने निर्णय भएको उनको प्रष्ट पारे ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । त्यसका लागि सेनाको हेलिकोप्टर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो । तर अन्तिममा जाने कार्यmम स्थगित भएपछि हेलिकोप्टर बालुवाटारबाट फर्किएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार