
काठमाडौँ । सभामुखका लागि एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । आज उनले सत्ता गठबन्धनको सर्मथनमा सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका दर्ता गराएका छन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ।
उम्मेदवारी दर्ता पछि संचारकर्मीहरुलाई प्रतिकृया दिदैं घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् ।









