तीनजना पूर्वमन्त्रीहरुको साथ डा. ईश्वर जिसीको प्यानललाई, जित सुनिश्चित

वैदेशिक रोजगार ब्यवसायी संघले आज नयां नेतृत्व चयन गर्दै


कठमाडौं । वैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा डा.ईश्वर जिसीको प्यानललाई तीनजना पूर्व श्रमन्त्रीहरुले साथ रहेको बताएका छन् । डा. जिसीको प्यानलले बिहीबार धुम्बाराहीमा आयोजना गरेको चुनावी सभामा उपस्थित तीन जना पूर्व श्रममन्त्रीहरुले आफुहरुको साथ डा जिसीको प्यानललाई रहेको बताउँदै जित पनि सुनिश्चित रहेको बताएका छन् ।

सभामा अतिथिका रुपमा उपस्थित पूर्वमन्त्री शेरबहादुर कुवँरले देशको आर्थिक पुँजीमा वैदेशीक रोजगार ब्यवसायीहरुले ठुलो योगदान गरिरहेको भन्दै प्रशंसा गरे । कोरोनाकालमा देशको अर्थतन्त्र थिलो थिलो भएका बेला रेमिट्यान्स भित्र्याएर वैदेशिक रोजगार ब्यवसायले आर्थिक संकटमा ठुलो राहात पुर्याएको समेत उनले बताए ।

कार्यक्रमका बोल्दै एकीकृत समाजवादीका संघीय सांसद समेत रहेका पूर्वमन्त्री कुँवरले देशलाई सबैभन्दा बढि आर्थिक रुपमा योगदान गरिरहेको वैदेशिक रोजगार ब्यवसाय नै अपहेलित रहेको भन्दै राज्यले यसको सम्मान गर्दै उचित ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
उनले यसअघि आफु श्रममन्त्री हुँदा विदेश पठाउने श्रमिकको सय कोटा अनिर्वायको ब्यवस्था हटाउन पहल गर्दै त्यस्ता ब्यवसायीहरुको कम्पनीको लाइसेन्स नविकरण गरेको स्मरण गराए ।

कोरया जाने श्रमिकको हवाई भाडा समेत आफ्नो पहलमा घटेको पूर्वमन्त्री कुँवरले बताए । उनले डा. जिसीको प्यानल विज्ञ र सक्षम रहेकाले जित सुनिश्चित रहेको समेत दावी गरे ।

यस्तै कार्यक्रममा बोल्दै पूर्व श्रममन्त्री रामेश्वर राय यादवले पनि सबैभन्दा बढि सम्मानित हुनपर्ने वैदेशिक रोजगार ब्यवसायलाई राज्यले उपेक्षा गर्न नहुने बताए । वैदेशिक रोजगार ब्यवसायीकै कारण दुर दराजका गाउँहरुमा पनि जनताको आर्थिक सुधार आएको उनको भनाई थियो ।
त्यस्तै पूर्व श्रममन्त्री उर्वादत्त पन्तले संसारको निर्माण श्रमिकद्धारा हुने भएकाले उनिहरुको सम्मान हुनुपर्नेमा जोड दिए । श्रमिकहरुका लागि रोजगारी सिर्जना गर्ने वैदेशिक रोजगार ब्यवसायीहरुलाई महत्वका साथ हेरेर राज्यले उनिहरुका जायज मागहरु संवोधन गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा तीनैजना पूर्व श्रममन्त्रीहरुले डा. जिसीको प्यानल श्रमिक र वैदेशिक रोजगार ब्यवसायीहरुको हकहितमा काम गर्नका लागि योग्य रहेकाले जित सुनिश्चित रहेको दावी गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै माओवादी केन्द्रका नेता देव गुरुङले डा. जिसीको प्यनललाई जितका लागि शुभकामना दिदै वैदेशिक रोजगारलाई ब्यवस्थित गर्नुपर्ने बताए । उनले देशमा रोजगारी सिर्जना गर्नेतर्फ पनि सबैको ध्यान जानुपर्ने बताउँदै वैदेशिक रोजगारले रेमिट्यान्समार्फत देशको अर्थतन्त्रमा ठुलो योगदान पुग्दै आएको बताएका थिए ।

संघको आज निर्वाचन हुदैछ । संघको २९औं साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार