
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ परेका छन्। आज साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हो ।
उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। चुडालमाथि आवश्यक अनुसंन्धान सुरु भएको अख्तियारले जनाएको छ । उजुरीका आधारमा प्रमुख चुडाललाईनियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।










