
काठमाडौं । नेपाल एयरलाइन्सका तीनजना पाइलटमाथि कारवाही गर्न निर्देशन दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका ३ जना अटेरी पाइलटलाई कारबाही गर्न निर्देशन दिएको हो। एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि एयरलाइन्सका पाइलटहरु नरबहादुर विश्वकर्मा, उद्धव घिमिरे र राजेश कुशवाहलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको जनाएको छ ।
हङकङ विमानस्थलमा अवतरण गर्दा दिइएको निर्देशन ति पाइलटहरुले पालना गर्न अटेरी गरेको पाइएपछि कारबाहीको निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनकाअनुसार प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुनेछ ।










