काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आईओएममा हुने गरेका नियविपरीतका कार्यहरु रोक्नुपर्नेभन्दै विधार्थीहरुले आज बिहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गर्दा झडप भएको हो । प्रहरीले बिधार्थीमाथि लाठीचार्ज समेत गरेको छ ।
अवस्था शान्त पार्न प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् । विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।










