झापा। झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमी–प्रेमिका भेटिएका छन् । आज बिहान कचनकवल गाउँपालिका(४ केचनामा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। उनकाअनुसार एभरेष्ट चिया बगानमा २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी झुण्डिएको अवस्थामा भेटिएका हुन्।
घटनाबारे थप केही कुरा खुलिनसकेको र अनुसंन्धान भइरहेको प्रहरीको भनाईछ । माछा मार्ने जालको पासोमा उनीहरू झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।