प्रशासनले बुटवलको भाइरल ‘जेल रेष्टुरेन्ट’ बन्द गरायो,जहाँ यस्ता गतिविधि हुन्थे


बुटवल । सामाजिकसंजाल टिकटकमा भाइरल भएको रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ ।

आमनागरिकको जीवनमा नराम्रो प्रभाव पार्ने गरी रेष्टुरेन्ट सजाइएको भन्दै प्रसाशनले बन्द गराएको हो । रेष्टुरेन्टमा असारधारण गतिविधि र दृश्य देखिएकोले अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

रेष्टुरेन्ट भित्रका कोठाहरु जेलमा कैदीबन्दी राख्ने जस्तै बनाइएका छन् । प्रत्येक कोठाको ढोकामा हत्कडी झुण्याइएको छ । उक्त रेष्टुरेन्टमा अपराध गर्नेलाई प्रहरीले गर्ने ब्यवहार त्यहाँ आउने ग्राहकहरुले सहजै गर्न पाउने वातावरण देखिन्छ । यसका साथै रेष्टुरेन्टमा आउने ग्राहकहरुले आत्महत्याको प्रयास, हतियार बोक्ने लगायतका गतिविधि गर्ने गरेका थिए । जुन गतिविधिले अपराधलाई हल्कारुपमा लिने र अपराध गर्न उस्काहअट गर्ने समाजमा सन्देश दिन खोजेपछि प्रशासनले रोक लगाएको बताएको छ ।

(तस्बिरः रेष्टुरेन्ट भित्र ग्राहक आत्महत्याको नक्कल गर्दै ।)

एक महिनाअघि देवकोटा चोकमा सञ्चालनमा आएको रेष्टुरेन्टमा जेल र जेलको कोठा जस्तो संरचना, हातमा हतकडी लगाउने, फासी तथा आत्महत्या गर्न प्रयोग गरिने डोरी, बन्दुकहरु सजाइएको भेटिएकोले ती सबै वस्तु बरामद गरी रेष्टुरेन्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

(तस्बिरः रेष्टुरेन्ट भित्र ग्राहकहरु हतियार बोकेर, हातमा हतकडी लगाएर नक्कल गर्दै)

उक्त रेष्टुरेन्टमा खिचेका दृष्य र तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । रेष्टुरेन्टमा सजाइएका त्यस्ता तस्बिरले समाजमा नराम्रो सन्देश प्रवाह गरिरहेको भन्दै आलोचना भएपछि प्रशासनले अनुगमनपश्चात हिजो साँझदेखि बन्द गराएको हो । रेष्टुरेन्ट सञ्चालकलाई बोलाएर प्रशासनले आज छलफल गर्दैछ ।

(तस्बिरः रेष्टुरेन्ट भित्रका कोठाहरु कैदी बन्दी राख्ने जस्तै बनाइएका र कोठाको ढोकामा हतकडी झुण्याइएको छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार