अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


काठमाडौं । कलाकार तथा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम जेलमा रहेका रेशम चौधरीको पद नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । आज भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् ।

एलिजालाई पार्टीमा कुन जिम्मेवारी दिने भन्ने बिषयमा अहिले नै निर्णय नभएको पार्टीकी अध्यक्ष रञ्जिताले बताइन्। एलिजाले पार्टी प्रवेश गर्ने चाहाना राखेपछि पार्टीमा स्वागत गरिएको ‘ अध्यक्ष चौधरीको भनाई छ । उहाँले हाम्रो पार्टीमा आउन चाहाना ब्यक्त गर्नुभयो । त्यसैले हामीले पार्टीमा स्वागत गरेका छौं अब बैठक बसेर उचित जिम्मेवारी दिन्छौं, उनले भनिन् ।

चुनाव सकिएपछि एलिजाले भर्खर जन्मेको पार्टी नागरिक उन्मुक्तिमा किन प्रवेश गरिन भन्ने बिषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

कलाकारिता क्षेत्रमा उनले केहि फिल्म र गीतहरुमा अभिनय गरेपनि खासै सफलता पाइएको थिएन् । पछिल्लो पटक पत्रकार धमलाले पत्नी एलिजालाई प्राइम टाइम्स टेलिभिजनको निर्देशकमा नियुक्त गरेका थिए ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार